काठमाडौं । बलात्कार गरेको आरोपमा काठमाडौं, झापा र कञ्चनपुरबाट तीनजना पक्राउ परेका छन् । प्रहरी बुलेटिन अनुसार काठमाडौंमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा टोखा नगरपालिका ९ दिपज्योती बस्ने ३१ वर्षीय कृष्णबहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महतले ती किशोरीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो।
त्यस्तै झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झापा गाउँपालिका ४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई शनिबार राति पक्राउ गरिएको छ । अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो । साथै कञ्चनपुरमा ८० वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा दोधारा चाँदनी नगरपालिका ७ टाउकेटोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।