काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५६ जनामा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४५ जना संक्रमण मुक्त भएका छन् ।
हाल संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ३ जना भेन्टिलेटरमा रहेका छन् भने आईसीयूमा ११ जना रहेका छन् । यस्तै संस्थागत आइसोलेशनमा ३२ जना रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर कुल ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।