काठमाडौं । मोरङमा नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका ९ का ४८ वर्षीय बेथुलाल माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मासु पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर मासु अड्किएको र माझीको उपचारको क्रममा राति करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हाल शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ ।