काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ । गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गर्नु भएको थियो । उहाँको खुट्टामा गोली लागेको छ ।
आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाउको छ । नातामा तिर्थमाली उहाँको हजुरआमा हुनुहुन्छ ।प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गर्नु भएको हो । घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।