काठमाण्डाै । बाङ्मय शताब्दी पुरुष स्वः सत्यमोहन जोशीकी श्रीमती राधा देवीको निधन भएको छ । सय वर्षीया उहाँको उपचारको क्रममा ललितपुरको किष्ट अस्पतालमा आज शनिवार बिहान निधन भएको हो । गएको चैत १६ गतेदेखि श्वासप्रश्वासमा समस्या भएका कारण उहाँ किष्ट अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवीले २०७७ साल माघ ३० गते चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो । उहाँहरूको इच्छाअनुसार राधा देवीको पनि शरीर किष्ट अस्पताललाई हस्तान्तरण गर्ने उहाँको परिवार स्रोतले बताएको छ ।
बाङ्मय शताब्दी पुरुष जोशीको शरीर पनि मरणोपरान्त किष्ट अस्पताललाई हस्तान्तरण गरिएको थियो । उहाँको गएको असोज ३० गते एक सय ३ वर्षको उमेर निधन भएको थियो ।