काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्ड (पीएसओ) ले गोली प्रहार गर्नु भएको छ । शुक्रवार राति घरमा रहेको बेला भएको गोली प्रहारबाट पुनकी आमाको खुट्टामा चोट लागेको छ । घाइते अवस्थामा रहनु भएकी उहाँको उपचार भइरहेको जनाइएको छ ।
प्रहरीको सुरक्षा गार्डले गोली चलाएको सूचना आएको उच्च प्रहरी अधिकारीले नाम नखुलाउने शर्तमा जानकारी दिनु भएको छ । ‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नु भयो ।