काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका ३ बौडीका छपल थापाका ६ वर्षीय छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भई थला परेका थापालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालले जनाएको छ । गर्मीयाममा घर–आँगन अगाडि हुने फोहाेर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने गर्छ । यससँगै जिल्लामा कालाजारका बिरामीको संख्या पाँच पुगेको छ । यसअघि पनि चारजनामा कालाजार भेटिएको थियो।