काठमाडौँ । भारतीय महिला फुटबल लिग खेल्न चार जना नेपाली महिला फुटबल खेलाडी बिहीबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । हिरो इन्डियन वुमन्स लिग खेल्न नेपाली राष्ट्रिय टिमकी कप्तान तथा गोलकिपर एन्जिला सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटी भारत जानु भएको हो ।
चारमध्ये तीन जना नेपाली फुटबलरले पहिलोपटक भारतीय लिग खेल्न लाग्नु भएको हो । यसअघि सावित्रा भण्डारीले मात्र भारतीय लिग खेल्नु भएको छ ।नेपाली कप्तान एन्जिलाले सेथु एफसीबाट खेल्नु हुने छ । यस्तै फरवार्ड सावित्राले गोकुलम केरलाबाट खेल्नु हुने छ भने सरु र रेनुकाले किकस्टार एफसीबाट खेल्नु हुने छ ।