• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

रुपन्देही ३ : रास्वपालाई बागीको डर, मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार

बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

लोकप्रिय समाचार

  • १. प्रधानमंत्रीले निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बसाल्दै

  • २. जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

  • ३. रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

  • ४. घण्टीघरमा बालेनको पहिलो पाइला

  • ५. महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

  • ६. महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

  • ७. यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

  • ८. एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

  • ९. इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

  • १०. सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

काभ्रे–२ मा बास्कोटालाई चुनौती: रास्वपाका प्रबिनकुमार ढकाल प्रत्यक्ष चुनावी मैदानमा


  •   सोमबार, पुष २८, २०८२ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक नेता तथा काभ्रे जिल्ला सभापति प्रबिनकुमार ढकालले उम्मेदवारी घोषणा गरेका छन् । उनले नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाविरुद्ध प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गर्दै एकल उम्मेदवारी दर्ता गराएका हुन् ।

    Advertisement

    रास्वपाका शशक्त योद्धाका रूपमा चिनिएका ढकाल पार्टी सभापतिमाथि भएको प्रतिशोधको विरोधमा आयोजित आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएका थिए । उक्त आन्दोलनले देशभर राजनीतिक तरंग सिर्जना गरेको थियो । सो घटनापछि ढकाल पार्टीभित्र मात्र नभई आम नागरिकबीच पनि साहसी, प्रतिबद्ध र भरोसायोग्य नेताका रूपमा परिचित हुँदै आएका छन् ।

    ढकाल रास्वपाका काभ्रे जिल्लाका संस्थापक नेता समेत हुन् । पार्टी स्थापना भएको सुरुवाती दिनदेखि नै सभापति र उपसभापतिको नजिक रहेर संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले गाउँ–गाउँमा रास्वपाको विचार, अभियान र एजेन्डा पुर्‍याउन उल्लेखनीय योगदान दिएका छन् । काभ्रे मात्र नभई देशभर संगठन विस्तार र सुदृढीकरणमा उनी निरन्तर सक्रिय रहँदै आएका छन् ।

    सक्रिय राजनीतिमा आउनुअघि ढकाल २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा समेत संलग्न थिए । उनले बालेन शाहलाई विजयी गराउने अभियानमा सक्रिय भूमिका निर्वाह गरेको बताइन्छ, जसले उनको राजनीतिक सक्रियता र परिवर्तनमुखी धारणा झल्काउँछ ।

    व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका ढकाल सफल व्यवसायी तथा कुशल व्यवस्थापकका रूपमा पनि परिचित छन् । उनले राजनीतिलाई पेशा होइन, सेवाको माध्यम ठान्ने स्पष्ट दृष्टिकोण राख्दै आएका छन् । स्पष्ट र खरो वक्ताका रूपमा चिनिने ढकाल भ्रष्टाचारविरुद्धको आवाज, सुशासन र जवाफदेहितालाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउँदै आएका छन् ।

    सामाजिक कार्यमा समेत सक्रिय ढकाल विभिन्न सामाजिक अभियान, सहयोग तथा जनसरोकारका गतिविधिमा निरन्तर संलग्न रहँदै आएका छन् । युवाहरू राजनीतिमा सक्रिय भएर देश परिवर्तनको अभियानमा जुट्नुपर्ने विश्वाससहित उनी राजनीतिमा होमिएको बताउँछन् । उनका अनुसार पुरानो सोच, अभ्यास र जडतालाई तोड्दै नयाँ संस्कार र इमान्दार नेतृत्व स्थापित गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

    काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा गोकुल बास्कोटाविरुद्ध ढकालको उम्मेदवारीलाई रास्वपाले परिवर्तनको प्रतीकका रूपमा लिएको छ । पार्टीभित्र उनको उम्मेदवारीलाई लिएर उत्साह देखिएको छ भने स्थानीय तहमा पनि नयाँ राजनीतिक विकल्पप्रति चासो बढ्दै गएको देखिन्छ ।

    उम्मेदवारी घोषणा गर्दै ढकालले काभ्रे–२ का जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र पारदर्शिताको स्पष्ट रोडम्याप प्रस्तुत गर्ने बताएका छन् । उनले नागरिकको भरोसा र समर्थनकै आधारमा निर्वाचन जित्ने विश्वास व्यक्त गरेका छन् । आगामी निर्वाचनमा ढकाल र बास्कोटाबीचको प्रत्यक्ष प्रतिस्पर्धालाई काभ्रेको राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ ।

    सोमबार, पुष २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
    कांग्रेस विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
    भारतले निर्वाचनको लागि नेपाललाई दियो ६१ वटा गाडी !
    फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
    मनोनयन दर्तापछि कुलमानले भने : अत्याधिक मतले जित हासिल गर्छु
    महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      प्रधानमंत्रीले निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बसाल्दै

    • २.
      जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

    • ३.
      रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

    • ४.
      घण्टीघरमा बालेनको पहिलो पाइला

    • ५.
      महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

    • ६.
      महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

    भर्खरै

    • १.
      महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने

    • २.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    • ३.
      एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ

    • ४.
      उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

    • ५.
      कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

    • ६.
      देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    • ७.
      रुपन्देही ३ : रास्वपालाई बागीको डर, मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार

    • ८.
      बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.