अप्सरा धमला, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले पार्टीको कोर टिम सार्वजनिक गर्दिने चेतावनि दिनु भएको छ । उहाँले आफु अफ्टेरोमा परेका बेला पार्टीले सहयोग नगरे कोर टिम सार्वजनिक गरिदिने धम्कि दिनु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको छानविन समितिले बयान लिने क्रममा उहाँले यस्तो बताउनु भएको स्रोतले बताएको छ । चुनावको मुखैमा अडियो सार्वजनिक हुनुले रास्वपालाई चुनौति थपिएको छ । आफ्नै पार्टि भित्रका व्यक्तिले घात गरे पछि रवि लामिछानेलाई आफ्नैले पछार्न खोजेको हो कि भन्ने कौतुहलतामा जनता रहेका छन् ।
यस्तै सांसद ढाकाकुमार श्रेष्ठको पद पनि धरापमा परेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएसँगै उहाँमाथि पार्टीले छानबिन गरिरहेको छ । यसअघि नै पार्टीले रास्वपाको सदस्य र सांसदको रुपमा कामकारबाही गर्न रोक लगाइएको बताइसकेको छ । पार्टीले उहाँलाई २४ घण्टा भित्र स्पष्टीकरण पनि सोधेको थियो । ७२ घण्टा भित्र प्रतिवेदन सार्वजनिक गर्ने छानविन समितिले बताएको थियो । रास्वपाले बुधबार दिउसो २ बजे केन्द्रिय समितिको बैठक पनि बोलाएको छ । पत्रकार सम्मेलन गरि ढाका कुमारलाई के गर्ने भन्ने निर्णय सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ । ढाका कुमारले भने आफुलाई फसाउन खोजिएको जिकिर प्रस्तुत गर्दै कोर टिम सार्वजनिक गर्दिने चेतावनि दिनु भएको हो ।