काठमाडौँ । रेमिट्यान्स आय मासिक १ खर्ब रुपैयाँ नाघ्न थालेको छ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) जारी गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार पछिल्लो केही महिनादेखि मासिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिएको हो । फागुन महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
आज नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ८ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । यस्तो तथ्यांकअनुसार पछिल्लो ८ महिनामा भने ८ खर्ब ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा २५.३ प्रतिशतले बढी हो । रेमिट्यान्स आय औसतमै मासिक एक अर्ब रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार औसत मासिक ९९६ अर्ब रुपैयाँ रेमिट्यान्स यो वर्षको पछिल्लो ८ महिनामा भित्रिएको देखिएको छ ।