काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा जित्ने गरी तयारी गर्नुपर्ने बताउनु भएको छ । मंगलबार तनहुँ पुगेका शर्माले नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आयोजित छलफलमा तनहुँ क्षेत्र नम्बर १ मा पार्टीका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गर्नु भयो ।
पार्टीमा हुन सक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको महामन्त्री शर्माको भनाइ थियो । महामन्त्री शर्माले आर्थिक विषयमा समेत ज्ञान भएको नेता संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको तर्क गर्नु भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धनका दल एकजुट रहेको बताउनु भयो ।