काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन आग्रह गर्नु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले प्रधानमन्त्रीसँग यस्तो आग्रह गर्नु भएको हो।
अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उहाँले ब्याज न्यूनीकरणले धेरै समस्या समाधान गर्ने बताउनु भयो । उहाँले अन्तर सरकारी समन्वय बढाउने पनि बताउनु भयो । अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उहाँले निजी क्षेत्रको सहयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनु भयो ।