• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, मङि्सर २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

“नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

“गौर हत्याकाण्ड: सर्वोच्चको कडाकेदार आदेश—उपेन्द्र यादवसहित शीर्ष नेतामाथि घेरा कसिँदै”

राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा

“फोहोरमै रूपान्तरण: गोदावरी नगरपालिका देशकै नमुना, स्थानीयको जीवनशैलीमा नयाँ चमक”

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

  • २. चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै,कसले मार्ला त् बाजी?

  • ३. सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

  • ४. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ७. मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

  • ८. पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव

राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा


  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • २३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल पार्टी एकताको नजिक पुगेका छन् । दुवै दलका शीर्ष नेताहरूबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।

    Advertisement

    त्यसको जानकारी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममार्फत नै दिएका छन् ।

    पार्टी आबद्ध काठमाडौं जिल्लास्तरीय जेन्जी फ्रण्टको भेलालाई सम्बोधनको क्रममा थापाले केही दिनभित्र ‘खुसीको समाचार’ सुन्न पाइने बताए ।

    उनले भने, ‘सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो ।’

    थापाले जेन्जीहरूको अधुरो सपना पूरा गर्न बलियो राष्ट्रवादी शक्ति निर्माणमा जोड दिए ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि राप्रपा नेपालसँग छिट्टै एकता सहमति हुने सम्भावना रहेको बताए ।

    उनले अरू राष्ट्रवादी शक्तिहरूलाई पनि एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।

    ‘सबै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध बनाउने प्रयास स्वरूप पार्टीको वार्ता टोलीले संवाद गरिरहेको छ । त्यसमध्ये कमल थापा नेतृत्वको पार्टीसँग छिटै सहमति हुने सम्भावना छ,’ राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘केशरबहादुर विष्ट, दुर्गा प्रसाईं लगायत अन्य शक्तिहरूलाई पनि राजतन्त्रको पक्षमा एकै ठाउँमा ल्याउने गरी प्रयास भइरहेको छ ।’
    नाम र चुनाव चिह्न राप्रपाकै

    राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि कमल थापा पार्टीबाट अलग भएर राप्रपा नेपाल व्युँताएका थिए । तर राजावादीहरुको दबाब र जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिपछि उनीहरूबीच निकटता बढेको छ ।

    एकता प्रयासका लागि गत २५ कात्तिकमा लिङ्देन र थापाबीच धुम्बाराहीको एक होटलमा एक्लाएक्लै वार्ता भएको थियो । त्यसको एक साता अघि थापाले औपचारिक रूपमै एकता प्रस्ताव गरेका थिए ।

    त्यसपछि पनि दुई पार्टीबिच विभिन्न तहमा एकताबारे छलफल भइरहेको र त्यो सकारात्मक रहेको राप्रपाका एक नेताले बताए । ‘पार्टीको नाम, चुनाव चिह्न, विधान सबै राप्रपाकै रहने गरी छलफल भइरहेको छ,’ राप्रपा उच्च स्रोतले भन्यो, ‘छलफल एकदमै सकारात्मक छ ।’

    हाल लिङ्देन नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई र कमल थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिह्न तीर छ ।

    ‘थापा राप्रपाको नाम र चुनाव चिह्न स्वीकार्न तयार भएपछि एकता वार्ता सकारात्मक भयो,’ स्रोतले भन्यो । तर नेतृत्वको विषय भने टुंगिन बाँकी रहेको एक नेताले बताए ।

    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि
    डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ
    कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी
    कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा
    मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर
    “नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

    Facebook Page

    लोकप्रिय

    • १.
      सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

    • २.
      चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै,कसले मार्ला त् बाजी?

    • ३.
      सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

    • ४.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    भर्खरै

    • १.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • २.
      डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

    • ३.
      कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

    • ६.
      “नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

    • ७.
      “गौर हत्याकाण्ड: सर्वोच्चको कडाकेदार आदेश—उपेन्द्र यादवसहित शीर्ष नेतामाथि घेरा कसिँदै”

    • ८.
      राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.