सरकारप्रति बढ्दो असन्तुष्ट बनेको राप्रपा पनि पुनः सडक आन्दोलनमा उत्रने तयारीमा रहेको छ।आज राप्रपाको एक औपचारिक पत्रकार सम्मेलन तथा भेला समारोहमा आफ्ना भनाइ राख्दै देशमा महँगी, करको दुरुपयोग, संविधान कार्यान्वयनमा आएको अवरोध, र बढ्दो राजनीतिक असन्तुलनका कारण राप्रपाले सरकारविरुद्ध कडा आन्दोलनको घोषणा गर्न लागेको छ। राप्रपाको आक्रामक मोड र बढ्दो प्रभावले पुराना दलहरू झनै दबाबमा पर्ने ठम्याइ छ।राप्रपा सडकमा ओर्लियो र रास्वपा–जेनजी मोर्चाबाट जनआन्दोलनको नयाँ स्वर आउन थाल्यो भने आगामी राजनीतिक समीकरण पुरै हल्लिन सक्ने सम्भावना देखिएको छ।राप्रपाका शीर्ष नेताहरूले आगामी दिनमा “कडा र निर्णायक आन्दोलन” सञ्चालन गर्ने भन्दै सडकबाटै सत्ता परिवर्तनको वातावरण बनाउने तयारी रहेको जनाएको छ। पार्टीभित्र यो पटक आन्दोलन ‘प्रतीकात्मक’ नभई ‘ठोस र ठक्कर दिने’ किसिमको हुने चर्चा छ।साथै,पछिल्लो राजनीतिक नेतृत्वले विदेशी प्रभावमा परेर राष्ट्रिय हितमाथि असर पुर्याइरहेको राप्रपाको आरोप झनै कडा हुँदै गएको छ।आन्दोलनले सरकारलाई मात्र होइन,पुराना शक्तिहरूलाई समेत ठूलो धक्का दिने राप्रपाका नेताहरुले बताएका छन्।यस्तै,राप्रपाका नेताहरूले खुलेर सरकारलाई असफल, दिशाहीन र जनतामाथि ठाडो अन्याय गर्ने शक्ति भनेर आक्षेप लगाइरहेका छन्।
सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने
सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने
तपाईको प्रतिक्रिया

