• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला


  •   मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका सांसदहरू संसद पुनर्स्थापनाको पक्ष र विपक्षमा विभाजित हुन थालेका छन् । सांसदहरू दुई धारमा देखिएपछि कांग्रेसभित्र थप विवाद बढेको छ । विशेष महाधिवेशन कि नियमति महाधिवेशनमा सहमति नजुटेको बेलामा अचानक संसद पुनर्स्थापनाको मुद्दाले प्रवेश पाएको छ । त्यसमा मुख्य सचेतक नै सक्रिय भएपछि नेताहरूबीच एकअर्काप्रति आशंका पैदा भएको छ ।

    Advertisement

    नेकपा (एमाले)को एजेन्डामा सहमति हुने गरी हस्ताक्षर अभियान चलेपछि कांग्रेस सांसद मात्र होइन, नेताहरूमा पनि खैलाबैला भइरहेको छ ।

    संसद पुनर्स्थापनाका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएका थिए । एमालेले विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकसमेत बोलाएको छ ।

    त्यही मेसोमा कांग्रेसभित्र हस्ताक्षर अभियान चलेको हो । त्यसले थप आशंका पैदा गरेको कांग्रेस नेताहरूले बताएका छन् । संसद पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान चलाउन कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे नै अग्रसर भएपछि झन खैलाबैला बढेको हो ।

    कांग्रेसमा २८ असोजबाट केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठकले नियमित वा विशेष महाधिवेशन भन्ने नै टुंगो लगाउन सकेको छैन । २१ फागुनको चुनावमा सहभागी हुने वा नहुने भन्नेमा पनि दुईथरि मत देखिएको छ । केही नेताहरूले चुनावको मिति सार्नुपर्ने तर्क पनि गरेका छन् । अर्थात्, एकमत भएर कांग्रेस चुनावमा जाने भनेर भन्न सकिरहेको छैन । यही बेलामा कांग्रेसका सांसदहरू नै संसद पुनर्स्थापनाका लागि हस्ताक्षर गर्न थालेका हुन् । त्यो पनि एमाले सांसदहरूको अभियानकै बेलामा त्यसो गरिएको थियो ।

    तर, कांग्रेसका सांसदहरूको उक्त हस्ताक्षर अभियानमा कार्यवाहक सभापति पूर्णबहादुर थापा, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला कसैलाई पत्तो थिएन । उनीहरूमध्ये कसैले अभियान चलाउन संकेत वा सन्देश दिएका पनि थिएनन् । त्यसो भए, कसको सन्देशमा हस्तक्षर अभियान सुरु भयो ? अहिले कांग्रेसभित्र निकै चासोको विषय बनेको छ । यही प्रकरणले खड्का र कोइरालाले एकअर्कालाई शकांको दृष्टिकोणले पनि हेर्न थालेका थिए । खड्कालाई कोइरालाले अभियान चलाएका हुन् भन्ने शंका थियो भने कोइरालालाई खड्काले भनेका हुन् । तर, दुवैलाई उक्त कुरा पत्तो थिएन । महामन्त्री थापा भने पहिलादेखि नै चुनावको पक्षमा भएकोले हस्ताक्षर अभियान चलाउन सन्देश दिने पक्षमा थिएनन् ।

    कांग्रेस स्रोतका अनुसार अहिलेको हस्ताक्षर अभियान सिंगापुरबाट नेतृ डा. आरजु राणा देउवाको संकेतमा सुरु भएको हो । सभापति शेरबहादुर देउवापत्नी राणाले मुख्य सचेतक घिमिरेमार्फत अभियान चलाइएको हो ।

    कांग्रेस नेताहरूको दाबीमा राणाको सन्देशमा सभापति देउवा स्वयम् संलग्न देखिएका छैनन् । शिलापात्रसँगको कुराकानीमा स्रोतले भन्यो, ‘सभापति देउवाले नै भनेको हो भने कार्यवाहक सभापतिमार्फत आउनुपर्ने थियो, आरजु राणानिकट श्याम घिमिरेबाट आएकोले त्यो आरजुको एक्लो निर्देशन हुन सक्ने सम्भावना देखिएको छ ।’

    अभियानमा आशंका भएपछि खड्का र कोइरालाबीच भेट भएको थियो । खड्का र कोइराला दुवैले अभियान चलाएको होइन भन्ने भएपछि खड्काले मुख्य सचेतक घिमिरेलाई रोक्न निर्देशन दिएका थिए । घिमिरेले सार्वजनिक रुपमा कार्यवाहक सभापति रिसाएको टिप्पणी पनि गरेका छन् ।

    घिमिरेसँगै चन्द्र भण्डारी पनि हस्ताक्षर अभियानमा सक्रिय देखिएका थिए । भण्डारी छोटो समयका लागि संसद पुनर्स्थापना गर्ने, तर प्रधानमन्त्री नफेर्ने योजनामा देखिएका छन् ।

    कांग्रेस स्रोतका अनुसार ३२ जना सांसदले हस्ताक्षर गरेका थिए ।

    मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.