काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले बागदरबार र सिंहदरबारबीचको टक्कर राम्रो नहुने बताउनु भउको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गगनले यस्तो भन्नु भएको हो ।
प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै उहाँले काठमाडौं महानगरपालिकासँग वार्ता गरेर समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको छ ।काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा सिंहदरबार, शीतल निवास र मन्त्री क्वार्टरको फोहोर नउठेपछि गगनले संसदमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो ।