काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको हो । आज छापावाल सुन तोलामा सात सयले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ । आइतबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ । चाँदि प्रतितोला १० रूपैयाँ ले घटेर १ हजार ४ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।