• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

कृषि मन्त्रालयको बागडोरमा डा. मदन परियार


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • नेपालको सामाजिक न्याय, समावेशीकरण र विकासका बहसमा डा. मदन परियार एउटा विशिष्ट नाम हो । दलित पृष्ठभूमिबाट आएको व्यक्तित्वले शैक्षिक सफलता, पेशागत योगदान र राजनीतिक जिम्मेवारीसम्मको यात्रा तय गरेका छन् । अन्तरिम सरकारमा उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

    Advertisement

    कार्की नेतृत्वको सरकार गठन भएपछि डा. मानबहादुर विकसहित दलित समुदायबाट विभिन्न नाम चर्चा चलिरहँदा मदनको नाम गुमनाम थियो । तर, एकाएक परियारको नाम टुंगियो ।

    भारतबाट कृषिमा स्नातक र थाइल्याण्डबाट स्नतकोत्तर र विद्यावारिधि
    सप्तरीको सामान्य परिवारमा जन्मिएका डा. परियारले आफ्नो बाल्यकाल सामाजिक विभेदका छायाँमा बिताए । तर, संघर्षका बीच उनले उच्च शिक्षा हासिल गर्दै देशमै दुर्लभ उपलब्धि हासिल गरे । भारतस्थित इलाहाबाद एग्रीकल्चर इन्स्टिच्युटबाट कृषि इन्जिनियरिङ अध्ययन पूरा गरेपछि उनले थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट स्नातकोत्तर र विद्यावारिधी अर्थात पीएचडीको डिग्री प्राप्त गरे । यसैमार्फत उनी प्राविधिक विज्ञ मात्र नभई अनुसन्धानकर्ता र नीति विश्लेषकको रूपमा स्थापित भए ।

    उदयपुर सिमेन्ट उद्योगको प्रमुख कार्यकारीदेखि आईडीईको वरिष्ठ सल्लाकारसम्म
    शिक्षा पूरा गरेपछि उनले सरकारी, निजी र अन्तर्राष्ट्रिय क्षेत्रमा विविध जिम्मेवारी सम्हाले । उदयपुर सिमेन्ट उद्योग र कृषि उपकरण कारखाना जस्ता राज्यको स्वामित्वमा रहेका ठूला उद्योगमा प्रमुख कार्यकारीको रूपमा काम गरे । राष्ट्रिय गरिबी निवारण कोष, सूचना प्रविधि उच्चस्तरीय आयोगजस्ता सरकारी निकायमा समेत उनको भूमिका महत्वपुर्ण रह्यो । पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय विकास संस्थान (आईडीई) मा वरिष्ठ सल्लाहकारको रूपमा काम गर्दै कृषि, ग्रामीण आम्दानी र जलवायु अनुकूलनमा कार्यक्रम सञ्चालन गरिसकेका छन् ।

    राज्य पुनःसंरचना आयोगको संयोजकदेखि समता फाउण्डेसनको अध्यक्षसम्म
    डा. परियार सामाजिक न्याय र समावेशीकरणका नीतिगत अभियानमा पनि उस्तै सक्रिय रहँदै आएका छन् । संविधान निर्माण प्रक्रियाको क्रममा गठन भएको राज्य पुनःसंरचना आयोगको संयोजकको जिम्मेवारी उनले सम्हालेका थिए । उक्त आयोगले नेपालको संघीय ढाँचा तय गर्ने सन्दर्भमा महत्वपूर्ण सुझाव पेस गरेको थियो । यसअघि र पछाडि पनि उनी सामाजिक न्यायका आवाज बुलन्द गर्ने संस्थागत अभियानमा संलग्न छन् ।

    अहिले समता फाउण्डेशनका अध्यक्षका रूपमा उनले दलित अधिकार, सामाजिक समावेशीकरण र अनुसन्धानमा आधारित नीतिगत बहसलाई अगाडि बढाउँदै आएका छन् ।

    डा.परियारले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (युएएफसीसीसी)का नेपाली प्रतिनिधि टोलीमा सहभागी भएर उनले विकासशील मुलुकमा समावेशी र अनुकूलनमुखी नीति कसरी बन्न सक्छन् भन्ने विषयमा आवाज उठाएका छन् ।

    अझ निर्णायक हुने अपेक्षा
    जेनजीको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा डा. परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनको जीवन यात्रा समाजका लागि एउटा प्रतिविम्ब हो, दलित समुदायको संघर्ष, शैक्षिक उपलब्धि र सामाजिक न्यायको अभियानबीच कसरी नेतृत्वको स्तरमा पुग्न सकिन्छ भन्ने उनले बारम्बार भन्ने गरेका छन्, ‘समाजलाई परिवर्तन गर्न शिक्षा र समान अवसर नै आधार हो ।’

    डा. मदन परियारको कथा केवल व्यक्तिगत सफलता मात्र होइन, सिंगो दलित समुदाय र वञ्चित वर्गका लागि प्रेरणाको स्रोत भएको विश्लेषण गरिएको छ । औद्योगिक क्षेत्रमा कार्यकारी, अन्तर्राष्ट्रिय विकासमा सल्लाहकार, सामाजिक न्यायमा अभियानकर्ता र अब मन्त्री, यी सबै भूमिकाले उनलाई बहुआयामिक व्यक्तित्व बनाएको छ । नेपालको समावेशी लोकतन्त्र र सामाजिक न्यायको यात्रामा डा.परियार जस्ता व्यक्तित्वको योगदान अझ निर्णायक हुने अपेक्षा गरिएको छ ।

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा
    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • २.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ३.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ४.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ५.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ६.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ७.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ८.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.