• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

सिंहदरबारकाे फाेहाेर नउठ्नुको कारण यस्तो


  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंमहानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारणबारे प्रष्टीकरण दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बालेनले सहजीकरणका लागि बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीपछि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपरेको बताउनु भएको हो ।

    Advertisement

    १४ बुँदे प्रष्टीकरण दिँदै शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा अनायासै नलिएको पनि बताउनु भएको छ । यस्ताे छ बालेनको १४ बुँदे प्रष्टीकरण

    केही दिनअगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपर्‍याे । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो, उनीहरूलाई यसबारेमा जानकारी हुने भइहाल्यो तर सर्वसाधारणलाई यो बारेमा थाहा भएन । मिडिया र सर्वसाधारणबाट यो सम्बन्धी धेरै प्रश्नहरू उठेका छन् । प्रश्नहरू स्वभाविक पनि छन् । सिंहदरबार काठमाडौं महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दूरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्छ । संघीय सरकारका रूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोशिसपछि ९ महिनामा पटकपटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।

    जसका केही उदाहरणहरू :
    १. गृह मन्त्रालय : अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

    २. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार

    ३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

    ४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

    ५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

    ६. अर्थ मन्त्रालय : ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल

    ७. सहरी विकाश : खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।

    ८. भौतिक यातायात : रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन – दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

    ९. सूचना तथा सञ्चार : ISP र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल

    १०. ऊर्जा मन्त्रालय : सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल

    ११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, KUKL को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल

    १२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल

    १३. सङ्घीय मामिला : तिनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल

    १४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक पटक पहल

    ५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ? जुन सरकारले अर्को सरकार र जनप्रतिनिधीको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?

    स्थानीय समस्याहरु स्थानीय तहमा नै समाधान हुन सकून् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनु पर्ने अवस्था छ, त्यो नहोस् ।

    यसैका लागि असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।

    सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.