काठमाडौँ । रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको छ। हालसम्म ४ वटा घरमा क्षति पुगेको र आगलागी नियन्त्रण गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यता आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको स्थानीय बासीले बताएका छन् । यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ । आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको थियो । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । पश्चिमबाट तीव्ररुपमा चलेको हावाको कारण आगलागी नियन्त्रण कठिनाई भइरहेको बताईएको छ।