काठमाडौं । आज आइतबार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर उठेन। हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर आजदेखि नउठ्ने घोषणा गर्नु भएको थियो ।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ बालेनले फेसबुकमा लेख्नु भएको थियो । सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्दै आएको छ । सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको छ तर अहिले त्याहाको फोहोर पुतली बगैंचामा राखिएको छ ।