काठमाडौँ । ईरानले महिलाहरूले हिजाब र बुर्का लगाएका छन् कि छैनन् भनेर सीसी क्यामेराबाट निगरानी गर्न सुरु गरेको छ । हिजाब र बुर्का नलगाउने साथै कपाल नढाक्ने महिलालाई त्यहाँको प्रशासनले चेतावनी सहित मोबाइलमा म्यासेज पठाउँछ । केही समय अघि इरानमा दुई महिलामाथि हिजाब र बुर्काले कपाल नढाकेको भन्दै आक्रमण समेत भएको थियो । एक पुरुषले दूध पसलमा ती महिलाहरूमाथि दहीले टाउकामा आक्रमण गरेका थिए ।
गत वर्षयता इरानमा हिजाब र बुर्काविरुद्ध आन्दोलन चर्कि रहेको छ । महिला अधिकारकर्मीहरूले त्यहाँ हिजाब र बुर्काबिनै हिँड्न पाउनुपर्छ भनिरहेका छन् भने हिजाब र बुर्का लगाउन नमान्ने महसा अमिनीलाई प्रहरीले गिरफ्तार गरीरहेको छ । गत वर्षको सेप्टेम्बर १६ मा एक महिलाको हिरासतमै मृत्यु भएको थियो । प्रहरीको कुटपिटबाट ति महिलाको मृत्यु भएको आशंका गरिएको छ । सन् १९७९ देखि इरानमा इस्लामिक सरिया कानुन लागू भएको थियो । कानुनअनुसार महिलाले बुर्का र हिजाब लगाउनु पर्ने व्यवस्था छ । त्यहा महिलाले कपाल नछोपेमा पनि कानुनको उल्लंघन मानिन्छ । यतिबेला कानुनलाई कडा रूपमा पालना गराउन इरानले सीसी क्यामेराबाट महिलामाथि निगरानी गर्न सुरु गरेको छ ।