काठमाडौँ । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । ९एन-एनबी कलसाइनको हेलिकप्टर दुर्घटना भएको हो । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला पारेको हो ।
हेलिकप्टरमा पाइलट प्रिया अधिकारी मात्र रहेको र सवार पाइलट जीवितै फेला परेकी छन् । थप विवरण आउन बाकी छ ।