• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

गोदावरीमा एमालेहरुको भिड- निराश स्थानिय व्यापारी


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ ।

    Advertisement

    महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरु पसलसम्म नआएकाले बिक्री घटेको पसलका सञ्चालकहरु बताउँछन् । महाधिवेशनका लागि आएका प्रतिनिधिहरुको लागि खाना र खाजाको व्यवस्था भएका कारण प्रतिनिधिहरु बाहिरतिरका पसलहरुमा चिया मात्र पिउनका लागि आउने स्थानीय व्यापारी दुर्गा मगर बताउँछिन् ।

    २५ वर्षदेखि गोदावरीमा व्यापार गर्दै आएकी दुर्गाले महाधिवेशनका कारण कारोबार बढ्ने आशामा थिइन् तर नियमित कारोबारमा समेत गिरावट आउँदा दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘महाधिवेशनको चहलपहल ठिकै छ । यतिको चहलपहल हरेक शनिबार भइरहन्थो । महाधिवेशनले ठिकै हो व्यापार यथावत नै छ । पहिलाको जस्तो छैन, आश गरे अनुसार धेरै कम छ ।’ महाधिवेशनमा आउने प्रतिनिधिहरुका कारण पार्किङ अव्यवस्थित भएकाले आफ्नो पसलसम्म ग्राहकनै नपुगेको उनको भनाइ छ ।

    पसल अगाडि बाइकहरु राखिदिएर सबै छेकिदिन्छन् । पार्किङको व्यवस्था राम्रो छैन । पार्किङले पनि असर परेको छ । घुम्न आउने पर्यटकहरु पनि फाट्टफुट आउनुभएको देखिन्छ । पसल छेकिएर सिधै गइहाल्नुहुन्छ,’ उनले भनिन् । गोदावरी नगरपालिकाले गोदावरी क्षेत्रमा भएका अव्यवस्थित पसलहरु हटाएर स्मार्ट पसलको अवधारणा ल्याएको थियो । जसले गर्दा टहरो वा छाप्रोमै व्यवसाय सञ्चालन गर्नुपरेको उनले बताइन् । पसल पनि पहिले आफैंले बनाउँदा राम्रो थियो । अहिले स्मार्ट पसलको अवधारणाका कारण राम्रो व्यवस्थापन गरेर पसल चलाउन सकिएको छैन् । सामान राख्छौ अहिले यस्तै छाप्रैमा चलाइरहेका छौ,’ उनले भनिन् ।

    यस्तै १५ वर्षदेखि उक्त क्षेत्रमा व्यापार गर्दै आएकी मिठु मगर पनि व्यापार नहुँदा चिन्तित छिन् । चाउचाउ, कुर्मुरे, पानी, चिप्स लगायतका खुद्रा सामानहरुको मात्र बिक्री गर्ने मिठुको व्यापार तीनदिन देखि ठप्पप्राय छ ।

    उनले भनिन्, ‘एमालेको महाधिवेशनले असर गरेको छ । व्यापार खास छैन् । चिया खानेहरु त हुन्छन् । म चिया बेच्दिन मेरो खुद्रा सामान मात्र हो । हिजोअस्ति व्यापार अलि अलि हुन्थ्यो । आज त्यो पनि छैन् ।’ कम्तिमा दिनको दुई हजारसम्म भएपनि व्यापार हुनेमा अहिले ठप्प हुँदा उनी महाधिवेशनको अन्त्य पनि पूरानै कारोबारमा फकिर्ने आशमा छिन् ।

    अहिलेको माहोलले बाहिरका मानिसहरु आउन पाएनन् । जसले गर्दाखेरी व्यापार अलि घट्यो । अघिपछि त ठिकै छ । पर्सिबाट व्यपार होली कि,’ उनले भनिन् ।

    एमालेको विधान महाधिवेशनले सभाहल परिसरमै खाना, खाजा र चियाको व्यवस्था गरेकाले आसपासमा संचालित पसलहरुमा सोचे अनुसारको व्यापार नभएको गुनासो छ ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो
    एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने
    देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव
    अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.