• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आजबाट सुरु भए सोह्र सोह्र श्राद्ध- किन गरीन्छ मरेका मान्छेलाई पितृ मानेर श्राद्ध ?


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता एवम् श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन ।

    Advertisement

    यसवर्षको सोह्र श्राद्ध आजबाट सुरु भएको छ । पितृपक्षका १६ दिन विभिन्न तिथिहरूमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्रश्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको महिनाभर चोखो निधो गर्नुपर्ने पण्डित डा. उत्तम लोचन न्यौपानेले बताए । उनले श्राद्ध गर्ने मान्छेले करिब २४ घण्टा अगाडि कपाल खौरिनु पर्ने, देउता वस्त्र अनुसार धोती धारणा गर्ने, एक छाक शुद्ध खाने र स्नान गर्नपर्ने बताए । उनले श्राद्धमा महिलाको भूमिका सबैभन्दा धेरै हुने बताए । उनले श्राद्धमा ९० प्रतिशत भूमिका रहने बताए । उनले नारीहरुको कर्मको प्रभावको कारणले गर्दा खुशी, उत्साह र उमङ्ग पितृहरुले प्राप्त गर्र्ने समेत बताएका छन् ।

    ‘जो श्राद्धकर्ता हो, उसले करिब १२–१५ घण्टा अगाडि अर्थात् २४ घण्टा अगाडि कपाल खौरिनुपर्ने हुन्छ अनि देउता वस्त्रमा धोती धारणा गर्नुपर्छ । सकेसम्म सेतो वस्त्र लगाउने, एक छाक शुद्ध खाने, स्नान जस्ता कर्महरु गर्नुपर्छ । पहिलो दिन पितृको स्मरण गर्ने अनि भोलिपल्ट श्राद्धका कर्महरु विशेष रुपले गर्नुपर्छ । विशेष गरेर श्राद्धमा महिलाको को ९० प्रतिशत नै भूमिका रहन्छ’, उनले भने । महिलाहरुले बिहान चारबजे उठेर घरलाई लिपपोत गर्ने, चोख्याउने कर्म गरेर त्यसपछि भोजन बनाउने कार्यहरु गर्नुपर्ने हुन्छ । ती सारा काम गरेर पनि जति इष्टमित्रहरु, कुल कुटुम्ब, दाजुभाइहरु आदीलाई खुवाईपियाइ गरेर राति अबेरसम्ममा भाँडाहरु माझेर सबै थनक्याउनुपर्ने बाध्यतामा पर्छन । त्यसैले पनि महिलाको भूमिका बढी देखिन्छ । नारीहरुको कर्मको प्रभावका कारण पितृहरुले खुशी, उत्साह र उमङ्ग प्राप्त गर्न गर्छन् भन्ने विश्वास पनि छ,’ उनले भने ।

    उनले पितृलाई विशेष सेतो–पहेंलो बढी मनपर्ने, सेतो–पहेंलो फूलहरु चढाउनुपर्ने पनि बताए । सोह्रश्राद्धका दिनमा जसले श्राद्ध गरिदिन्छ र श्राद्ध लिन भनेर पितृहरु लोकमा आउने भएकाले श्राद्ध गरिदिनले हर्षोल्लास वा आनन्दका साथ, भक्तिका साथ अर्पण गर्नाले पितृले आशिर्वाद दिने पनि बताए । ‘पितृका लागि विशेष गरेर सेतो–पहेंलो कपडा वा फुलहरु बालुवाका आकृतिहरु, गंगाजल, आफ्नो खेतीबाट उब्जनी भएका अन्नहरु दान गर्ने, आलु, चामल आवश्यक पर्छ । १६ श्राद्धका दिनहरुमा पितृहरु अब मेरो नातीले या मेरा सन्तानले वा जसले श्राद्ध गरिदिन्छ श्राद्ध लिन भनेर पितृहरु लोकमा आउँछन् भन्ने विश्वास छ,’ उनले भने । उनले सोह्रश्राद्धमा जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन रहेको बताए । श्राद्धका १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई मात्र नभई जुनसुकै शुभकार्य गर्दा वा विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गर्नपर्ने चलन रहेको बताए ।

    ‘भाद्र शुक्ल पुर्णिमा पर्यन्त १६ दिनसम्म आश्विन कृष्ण प्रतिपदा आश्विन कृष्ण औसी पर्यन्तसम्मको र प्रतिपदादेखि सोह्रश्राद्ध प्रारम्भ हुन्छन् । उक्त समय दिवंगत पितृहरु साथै तीन पुस्ताको स्मरण गरिन्छ । जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन छ । श्राद्धका क्रमहरु जुन १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई वा जुनसुकै शुभकार्य गर्दा श्राद्धका विधिहरु अपनाइन्छ । जस्तै विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गरिन्छ चाहे कुमारीको होस् चाहे कुमारको । श्राद्ध अर्थात् शुभकार्य गर्दा पहिले पितृलाई बुझाउँछौं । त्यसपछाडि देवकर्म पक्षका कामहरु गरिन्छ । त्यस कारण श्रद्धासाथ गरिने विषयलाई नै श्राद्ध भनेर भनिन्छ ।’ उनले तीन पुस्ता भित्रकाहरुका लागि तिथि मानेर पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेको बताए । पिताको तिथि अगाडि आयो भने पिताकै तिथिमा श्राद्ध गर्ने प्रचलन रहेको छ । यदि हजुरबाको तिथि अलि चाँडै आयो हजुरबाकै तिथिमा गर्ने पनि रहेको छ । यदि बुढो हजुरबाको आयो भने तीन पुस्ता भित्रका तिथि आयो भने पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेका छन् ।

    उनले सोह्रश्राद्धभरी शंख घण्ट बजाउन नहुने बताए । नवरात्र प्रारम्भ भए पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर जाने शंखघण्ट बजाउने, रातो वस्त्रहरु लगाउने चलन रहेको समेत बताए । ‘सोह्रश्राद्धभर शंख घण्ट बजाउन पनि हुँदैन । शालिग्रामको पूजा गर्दा शंखघण्ट पनि बजाउन भएन । जब नवरात्र प्रारम्भ हुन्छ त्यस पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर गएर शंख घण्ट बजाउने, रातो वस्त्रहरु लगाउने लगायतका कर्महरु गर्न पाइन्छ,’ उनले भने । त्यस्तै अर्का पण्डित विदुरलोचन न्यौपानेले सोहश्राद्धभरि शुद्ध पवित्र खानुपर्ने माछा–मासु, लसुन, प्याज, यसको सम्झन नहुने भन्दै व्रत बस्दाखेरि घाम अस्ताउनु भन्दापूर्व शुद्ध पवित्र खाना खानुपर्ने बताए ।

    सोह्र दिनसम्म नै स्नान, संध्या, वन्दनादी कर्म गरेर शुद्ध पवित्र हुनुपर्छ भन्ने शास्त्रीय मान्यता रहि आएको सुनाए । उनले सोह्रश्राद्धमा आफ्ना इष्ट–मित्र, नाता–गोता, बन्धु वर्ग, विशेष गरेर ब्राम्हणहरू, वेदाध्यायी ब्राम्हणहरू, कन्या कुमार र आफ्ना नातिहरू, पनातीहरू, मामाहरूले भान्जालाई बोलाएर खुवाउनाले लोकमा बस्नुभएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर आशिर्वाद प्राप्त हुने बताए । त्यसरी श्रद्धा गर्नाले लोकमा बस्नुभएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर पितृले आशिर्वाद प्रदान गर्ने विश्वास छ । संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध भएकाले यदि श्राद्ध गरिदैन्, पितृलाई मानिदैन भनियो भने कुनै प्रकारको धर्मकर्म गरेको अर्थ नहुने उनले बताए ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.