अप्सरा धमला ,काठमाडौं ।काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा आज आईतबार सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम सुनुवाई हुन लागेको हो। यसअघि चैत २२ गते सुनुवाईका लागि पेशी तोकिएपनि समयअभावका कारण सुनुवाई हुन सकेको थिएन । आज तेस्रो नम्बरमा रहेकाले उक्त मुद्दामा सुनुवाई हुने सम्भावना अब्बल रहेको छ।
यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिए पनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्।