• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

गृहमा लेखकको दबदबाह: गृहले गुपचुप गर्यो सात उपसचिवको सरुवा


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौं। गृहमन्त्री रमेश लेखकको प्रत्यक्ष आदेशमा गृहमन्त्रालयले सात उपसचिवहरूको गुपचुप सरुवा गरेको खुलेको छ। अध्यागमन विभागमार्फत मानव तस्करीदेखि लिएर मन्त्रालयभित्रै कर्मचारी हेरफेरसम्मको आरोप खेपिरहेका गृहमन्त्री लेखक पछिल्लो समय फेरि विवादमा तानिएका छन्।

    Advertisement

    भिजिट भिसा प्रकरणमा रंगेहात परेका उनलाई मन्त्रालयभित्र आफ्नो मनोमानी चलाइरहेको भन्दै समेत आलोचना हुने गरेको छ। दुई तिहाइ सरकारको समर्थनमा ‘मेलामा छोडिएको साँढे’ झैँ आचरण देखाइरहेको भन्दै लेखकमाथि निरन्तर प्रश्न उठ्ने गरेको छ। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उनको राजीनामाको माग गर्दै एक सय दिनभन्दा बढी समयदेखि संसद् अवरोध गर्दै आएका छन्।

    गृहमन्त्रालयले पछिल्लो पटक गरेको कर्मचारी हेरफेरलाई पनि गोप्य राखिएको छ। अघिल्लो साता गरिएको सरुवा मन्त्रालयको आधिकारिक वेभसाइटमै प्रकाशित गरिएको छैन। शाखा अधिकृत र नायब सुब्बालाई हाजिर हुन २४ घण्टे चेतावनी दिने पत्रसमेत वेभसाइटमा राख्ने मन्त्रालयले उपसचिव सरुवाबारे भने एक सातासम्म जानकारी सार्वजनिक गरेको छैन।

    मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट प्राप्त सूचीअनुसार सरुवा भएकामध्ये तीन जनालाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ भने अरूलाई विभिन्न विभाग तथा मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

    जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्साको कारागार प्रशासक तोकिएको छ। त्यहाँका तत्कालीन कारागार प्रशासक खिमराज भुसाललाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेललाई इलाका प्रशासन कार्यालय सिमरा, बाराको प्रमुख बनाइएको छ भने त्यहाँका प्रमुख तेजराज शर्मालाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी तोकिएको छ।

    यस्तै, कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपाललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको निर्देशकको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयमा कार्यरत चोमेन्द्र न्यौपानेलाई कारागार व्यवस्थापन विभागमा निर्देशक बनाएर पठाइएको छ।

    रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई भने पर्वतको सहायक प्रमुख जिल्ला अधिकारी तोकिएको छ।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.