• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ४. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ७. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ८. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ९. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालय बनाउने ट्रम्पको तयारी


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै रक्षा मन्त्रालय (Department of Defense) लाई पुनः ‘युद्ध मन्त्रालय’ (Department of War) बनाउने गरी कदम चालेका छन् । ट्रम्पका अनुसार अमेरिका विगत लामो समयदेखि विश्वव्यापी सुरक्षा चुनौती र प्रत्यक्ष सैन्य संलग्नतामा सक्रिय भएकोले यसको आधिकारिक नामाकरण गर्नुपर्ने आवश्यकता रहेको छ । ट्रम्पले यस सम्बन्धमा शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी पनि गरेका छन्। उक्त आदेशले रक्षा मन्त्रालयलाई दोस्रो नयाँ नामको रूपमा प्रयोग गर्ने प्रावधानसमेत राख्नेछ । सोही आदेशअन्तर्गत वर्तमान रक्षामन्त्री पिट हेग्सेथलाई ‘युद्ध मन्त्री’ को रूपमा सम्बोधन गर्न निर्देश दिइने बताइएको छ ।

    Advertisement

    पेन्टागनमार्फत अमेरिकी सेनाको सम्पूर्ण गतिविधि सम्हालिने गर्दछ । यसअघि पनि अमेरिकी संघीय सरकारको प्रारम्भिक चरणमा हालको रक्षा मन्त्रालयलाई ‘युद्ध मन्त्रालय’ नै भनिन्थ्यो। सन् १७८९ मा यस मन्त्रालयलाई अमेरिकी राष्ट्रपतिको क्याबिनेटको प्रमुख अंगका रूपमा गठन गरिएको थियो । त्यतिबेला यसको नाम नै युद्ध मन्त्रालय राखिएको थियो र उक्त नाम करिब डेढ शताब्दीभन्दा बढी समय अर्थात् सन् १९४७ सम्म कायम रह्यो । दोस्रो विश्वयुद्धपछि अमेरिकी राजनीतिक र सुरक्षा रणनीतिमा आएको परिवर्तनका कारण यसलाई आधिकारिक रूपमा रक्षा मन्त्रालय भनेर पुनः नामकरण गरिएको थियो।

    यद्यपि, कार्यकारी आदेशमार्फत मन्त्रालयको नाम फेरिने विषयको कानुनी प्रक्रियामा जटिलता रहेको अन्तराष्ट्रीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकी संविधानअनुसार मन्त्रालय वा कार्यकारी निकाय सिर्जना गर्ने र तिनको नाममा स्थायी परिवर्तन गर्ने अधिकार अमेरिकी कङ्ग्रेससँग मात्र रहन्छ। यसको अर्थ, राष्ट्रपति ट्रम्पले दिने आदेशले तत्कालीन प्रयोगमा प्रभाव पार्न सक्ने भए पनि स्थायी रूपमा मन्त्रालयको नाम युद्ध मन्त्रालय बनाइँदैन । त्यसका लागि कङ्ग्रेसले विधेयक पारित गरी कानुनमै संशोधन गर्नुपर्ने हुन्छ ।

    विश्लेषकहरूले ट्रम्पको यो निर्णयलाई अमेरिकी राष्ट्रिय सुरक्षा नीतिमा बढ्दो आक्रामकता झल्काउने संकेतका रूपमा लिएका छन् । तर कतिपयले भने ‘युद्ध मन्त्रालय’ नाम पुनः प्रयोग गर्नु अमेरिकाको सैन्य शक्ति र प्रतिरोध क्षमताको बारेमा स्पष्ट सन्देश दिनुपर्ने समय आएको प्रमाण हो भनेर प्रशंशा पनि गरीरहेका छन् । तर आलोचकहरूले भने यसलाई शीतयुद्धकालीन मानसिकता फर्काउने खालको कदम भन्दै आलोचना गरिरहेका छन् । ट्रम्पका आलोचाकहरुका अनुसार रक्षा मन्त्रालय नाम स्वयंले अमेरिका शान्ति, सुरक्षा र संरक्षणमा प्रतिबद्ध रहेको सन्देश दिन्छ, तर युद्ध मन्त्रालय भनेको आक्रामकता र द्वन्द्व उन्मुख नीति झल्काउने नाम हो ।

    यसैबीच अमेरिकी प्रशासनमा हुने नाम परिवर्तनले कूटनीतिक क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि बहस सुरु भएको छ । यदि अन्तर्राष्ट्रिय समुदायले यसलाई अमेरिका पुनः युद्धमुखी मुलुक बन्दैछ भन्ने सन्देशका रूपमा ग्रहण गरे, अमेरिकी छवि र सहकार्यमा नकारात्मक असर पर्न सक्ने सम्भावना रहेको विज्ञहरूको तर्क छ ।

    (अन्तराष्ट्रीय संचार माध्यमको सहयोगमा तयार पारीएको।)

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?
    सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?
    अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय
    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ४.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    भर्खरै

    • १.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    • २.
      सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

    • ३.
      अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

    • ४.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • ५.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ६.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ७.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ८.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.