• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

VPN चलाउदै हुनुहुन्छ ? चोर्न सक्छ मोबाएलबाट डेटा


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ। सरकारले सूचीकरण हुन नआएका केही सामाजिक संजाल बन्द गर्ने निर्णय गरेसँगै फेसबुक, ईन्ष्टा लगायतका केही सामाजिक संजाल नेपालमा चल्न छोडेका छन्। अधिकांश प्रयोगकर्ताको मोबाईलमा/ल्यापटपमा फेसबुक चल्न छोडेसँगै सुचना, मानोरंजनको स्रोत र धेरै मानिसहरुको व्यावसायिक कारोबारहरू पनि बन्द भएको छ। वर्तमान समयमा सामाजिक संजाल मानव जीवनको अभिन्न अङ्ग जस्तै बनिसकेको छ। यस्तो बेलामा उपर्युक्त विकल्प बिना सरकारको सामाजिक संजाल बन्द गर्ने निर्णयले धेरै सामाजिक संजालका प्रयोगकर्ताहरु समाजिक संजालको विकल्प के हुन सक्छ भने अन्यौलमा परेको देखिन्छ। करीब करीब १ वर्ष अगाडी यस्तै गरी नेपालमा केही समयको टिकटक बन्द हुदा पनि टिकटकका धेरै प्रयोगकर्ताहरु अहिलेकै जस्तो झन्झटमा परेका थिए । त्यो बेला अधिकांश प्रयोगकर्ताले नेपालमा गैरकानुनी रहेको VPN सङ्ग जोडेर टिकटक चलाएको उदाहरण हाम्रै अगाडी ज्वलन्त छ। अहिलेपनि सामाजिक संजालका धेरै माध्यमहरु बन्द हुन थालेपछि आम सर्वसाधरणहरुले VPN को माध्यमबाट सामाजिक संजाल चलाउन सक्ने देखिन्छ। तर VPN ले हाम्रा सामाजिक संजाल मात्रै हैन हाम्रा मोबाईल र ल्यापटप मा भएका वेबसाईटहरुबाट हाम्रा दैनिक जीवनमा अत्यन्तै महत्वपुर्ण अर्थ राख्ने जानकारीहरु ह्याक गरेर लैजान सक्छ।

    Advertisement

    आजको डिजिटल युगमा सामाजिक सञ्जाल हरेक व्यक्तिको दैनिकीसँग गासिएको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्मले सूचना आदानप्रदानदेखि मनोरञ्जन र व्यवसायसम्म ठूलो प्रभाव पारिरहेका छन्। तर, यीमध्ये केही देश वा क्षेत्रमा रोक लगाइएका वा नियन्त्रण गरिएको अवस्थामा प्रयोगकर्ताले VPN (Virtual Private Network) को सहारा लिने गरेका छन् । VPN को प्रयोगले तात्कालिक रूपमा अवरुद्ध वेबसाइट वा एप प्रयोग गर्न सकिने भए पनि यससँग सम्बन्धित सुरक्षा र गोपनीयताको चुनौतीहरू पनि गम्भीर हुन्छन्।

    VPN प्रयोग गर्दा प्रयोगकर्ताको इन्टरनेट ट्राफिक प्रदायक कम्पनी वा सरकारले प्रत्यक्ष निगरानी गर्न सक्दैन। तर यसको अर्थ सुरक्षित भयो भन्ने होइन। VPN प्रदायक कम्पनी आफैंले प्रयोगकर्ताको डेटा हेर्न, भण्डारण गर्न वा तेस्रो पक्षलाई बेच्न सक्छन्। यदि प्रदायक कम्पनी विश्वसनीय छैन भने व्यक्तिगत सूचना, लगइन विवरण, बैंकिङ पासवर्ड जस्ता संवेदनशील जानकारी चुहावटको खतरा रहन्छ। निशुल्क वा अपरिचित VPN सेवाहरू विशेष खतरनाक मानिन्छन् । यस्ता VPN ले प्रयोगकर्ताको इन्टरनेट स्पीड घटाउनुका साथै ‘मालवेयर’ (कुनै पनि सफ्टवेयर जुन जानाजानी कम्प्युटर, नेटवर्क वा प्रणालीलाई हानि पुर्‍याउन, अवरोध गर्न वा अनधिकृत पहुँच प्राप्त गर्न डिजाइन गरिएको हुन्छ) हाल्ने, विज्ञापनको बाढी ल्याउने वा व्यक्तिगत डिभाइसमा नियन्त्रण जमाउने काम पनि गर्न सक्छन्। धेरैजसो प्रयोगकर्ताले प्रयोग गर्ने VPN मा सेवाको ‘एन्क्रिप्सन’ कत्तिको बलियो छ भन्ने थाहा हुँदैन। कमजोर तरिकाले बनाईएका प्रविधिबाट सञ्चालित VPN ले डेटा जोगाउनेभन्दा चुहाउने सम्भावना बढी हुन्छ।

    VPN प्रयोग गरेर फेसबुक वा इन्स्टाग्राम चलाउँदा VPN ले हाम्रो लोकेसन गोप्य राख्ने हुँदा हामीले चलाईरहेको सामाजिक संजालको कुनै पनि अकाउन्ट शंकास्पद रहन्छ। हामीले हाम्रो सामाजिक संजालको कुनै अकाउन्ट बाट गर्ने शंकास्पद गतिविधिको कारणले हाम्रो अकाउन्ट ‘ब्लक’ हुने वा ‘ह्याक’ हुने सम्भावना पनि रहन्छ। हामीले चलाईरहेको सामाजीक संजालको कुनै कम्पनीको सुरक्षात्मक एल्गोरिदमले असामान्य IP ठेगाना पत्ता लगाएपछि हाम्रो अकाउन्ट लक गरीदिन पनि सक्छ । यसले सामाजिक संजालका प्रयोगकर्तालाई आफ्नै अकाउन्टवाट पहुँच गुमाउने स्थितिमा पुर्‍याउन सक्छ।

    अर्को महत्वपुर्ण कुरा के भने VPN ले कहिलेकाहीँ सामाजिक संजालका प्रयोगकर्ताको सम्पर्क गोप्य राख्छ भन्ने भ्रम हुन्छ। तर यदि प्रयोगकर्ताले त्यही VPN प्रयोग गरेर असुरक्षित वेबसाइट हेर्छन् वा अज्ञात(थाहा नभएको) लिङ्कमा क्लिक गर्छन् भने, त्यसले ह्याकरलाई हाम्रो अकाउन्टमा सीधा प्रवेश दिने बाटो खोलिदिन सक्छ । यसरी VPN ले मात्र सम्पूर्ण सुरक्षा दिने ग्यारेन्टी गर्दैन।

    VPN को प्रयोगबाट रोकिएका सामाजिक सञ्जाल छोटो समयमा चलाउन सकिए पनि यसको दुरुपयोग वा गलत प्रयोगको छनोटले व्यक्तिगत गोपनीयता र साइबर सुरक्षा गम्भीर संकटमा पर्न सक्छ। त्यसैले VPN प्रयोग गर्दा सधैं भरपर्दो र विश्वसनीय प्रदायक रोज्नु, ‘टु-फ्याक्टर’ जस्ता सुरक्षा उपाय अपनाउनु, संवेदनशील कार्य (जस्तै अनलाइन बैंकिङ) नगर्नु उपयुक्त हुन्छ। झट्ट हेर्दा र सम्झिदा VPN को प्रयोग जति सजिलो देखिन्छ भित्री रुपमा VPN भित्र लुकाईएका तर हामीले थाहा पाउन नसक्ने थुप्रै कुराहरु लुकेका हुन सक्छन्।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.