काठमाडौँ ।नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गर्नु भएको छ । शुक्रवार आज काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा उहाँले डा स्वर्णिम वाग्लेप्रति इंगित गर्दै आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिस सावधानहुनुपर्ने बताउनु भयो । डा. वाग्ले नेपाली कांग्रेसबाट त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नु भएको छ ।
डा कोइरालालले उक्त कार्यक्रममा भन्नु भयो, ‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला । अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईंहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो ।’