काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गर्नु भएको छ । शुक्रबार आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसदले यस्तो भन्नु भएको हो । उहाँले मुख्य प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता जिताइसक्दा पनि किन नियुक्ति नदिएको भनी प्रश्न गर्नु भएको छ ।
‘यो खेलप्रतिको उदासिनता पनि हो बिसंगति विकृति र अव्यवस्था हो । खेल जितेको बेला खुद्रा पैसाको बिटो लगेर मात्र खेलप्रति सम्मान हुँदैन’ उहाँले भन्नुभयो, ‘…हाम्रो अव्यवस्थाको मारभित्र मुख्य प्रशिक्षकलाई पार्नु हुन्न । उहाँलाई श्रम स्वीकृति दिनुपर्छ र तलब भत्ताको व्यवस्था गर्नुपर्छ ।’