• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

रुपन्देही उपनिर्वाचन : दलहरुको जनमत परीक्षण


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं। रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनैतिक दलहरुले आफ्नो आफ्नो तयारी धुमधामका साथ गरीरहेका छन् । अहिले चुनावमा भाग लिने सबै राजनैतिक दलहरु उम्मेदवार छान्ने देखि चुनावी प्रचारका निम्ती घरदैलोमा पुगिरहेका छन् । सबै दलहरुले उपनिर्वाचनको लागि उम्मेदवार छनोट प्रक्रिया थालिसकेका छन् भने राष्ट्रीय स्वतन्त्र पार्टीले आफ्नो दलको तर्फबाट उम्मेदवार छनोटको कार्य पनि सकिसकेको छ।

    Advertisement

    यसअघि रुपन्देही-३ बाट निर्वाचित सांसद दिपक बोहराको गत वर्ष निधन भएपछी उक्त निर्वाचन क्षेत्र संघिय प्रतिनिधी सभाको लागी प्रतिनिधी विहिन बनेको थियो। यसअघि राजनैतिक तथा चुनावी प्रचार बिना राष्ट्रीय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका दिपक बोहराले नेपाली कांग्रेसका बालकृष्ण खाणलाई २५ सय भन्दा बढीको मतान्तरले पराजित गरेका थिए । त्यसबेलाका बहालवाला गृहमन्त्री तथा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई बोहराले ‘मौन’ बसेरै फराकिलो मतान्तरले हराएका थिए। ‘प्रभावशाली र शक्तिशाली’ मानिएका खाँणलाई हराएकोमा त्यसबेला बोहराको चर्चा पनि भयो। त्यतिबेला बोहरालाई नेकपा (एमाले) लगायत अन्य दलहरूले पनि सघाएका थिए।

    अहिलेको उपनिर्वाचनमा रुपन्देहीको राजनैतिक सेनारियो अर्कै बनेको छ। ०७९ को निर्वाचनमा एकअर्का विरुद्द गठबन्धन बनाएर चुनावी मैदानमा उत्रेका राजनैतिक दलहरु उपनिर्वाचनमा भने सबै नयाँ तथा पुराना दलहरु आफ़्नै आफ्नै तवरले एक्लै चुनावी मैदानमा छन् । यसकारण पनि यसपालीको रुपन्देही- ३ को उपनिर्वाचन रोचक हुने देखिएको छ।

    रुपन्देही उपनिर्वाचन : पुराना र नयाँ दलहरुको जनमत परीक्षण
    रुपन्देहीमा भइरहेको उपनिर्वाचन केवल स्थानीय स्तरको प्रतिनिधि छनोट मात्र होइन, यो नेपालको हालको राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण जनमत परीक्षण बनेको छ। यो निर्वाचन क्षेत्रमा विगत लामो समयदेखी राष्ट्रीय प्रजातन्त्र पार्टीले जित्दै आईरहेको छ। संघियताको खारेजी, नेपाललाई हिन्दुराष्ट्र को रुपमा पुनस्थापित गर्नुपर्ने र राजसंस्था पुनस्थापनाको माग सहित सडक आन्दोलनमा रहेको राप्रपाका लागि अहिलेको यो निर्वाचनमा आफ्नो जनमत जोगाउनुपर्ने ठुलो दबाब छ।

    २०७९ को निर्वाचनयता नेपाली राजनीतिमा पुराना दलप्रतिको असन्तुष्टि, नयाँ शक्तिहरूप्रतिको आकर्षण र जनताको बदलिँदो अपेक्षा स्पष्ट देखिँदै आएको छ। यस्तै सन्दर्भमा रुपन्देहीको उपनिर्वाचनले पुराना र नयाँ दुवै दललाई आफ्नो लोकप्रियता र संगठनात्मक क्षमताको पुनः परीक्षण गर्ने अवसर पनि प्रदान गरेको छ। रुपन्देही जिल्ला भौगोलिक र राजनीतिक दुवै दृष्टिले रणनीतिक महत्त्वको क्षेत्र हो। लुम्बिनी प्रदेशको केन्द्र मानिने यस क्षेत्रमा एमाले, कांग्रेस, माओवादीलगायत पुराना दलहरूको परम्परागत पकड रहेको छ। यस्तै पछिल्लो समय रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) जस्ता नयाँ दलहरूको उदय पनि यहाँ उल्लेख्य रूपमा देखिन थालेको छ।
    पार्टीगत राजनीति र चुनावी परिणाम हेर्दा रुपन्देहीलाई अक्सर “राजनीतिक तापक्रम नाप्ने थर्मामीटर” भनेर पनि व्याख्या गरिन्छ। यहाँ हुने निर्वाचनले प्रायः देशव्यापी राजनीतिक धारणा र आगामी शक्ति सन्तुलनलाई संकेत गर्ने आकलन पन अहले राजनैतिक वृत्तमा हुन थालेका छन् ।

    पुराना दलहरूको चुनौती
    नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता दलहरू दशकौंसम्म नेपालका सत्ताको केन्द्रीय धुरी बने। तर, लामो समयको शासन अनुभवले उनीहरूलाई जनताबीच आलोचनाको केन्द्रमा पनि पुर्‍याएको छ। रुपन्देही कांग्रेसको लागि एक ऐतिहासिक जरो हो । तर भित्रि गुटबन्दी, नेतृत्व विवाद र स्थानीय तहमा कमजोर संगठनात्मक व्यवस्थापनका कारण यसको प्रभाव निरन्तर घट्दो देखिन्छ। त्यस्तै एमालेले प्रदेश र केन्द्र दुबैमा शक्तिशाली उपस्थिती बनाइरहे पनि स्थानीय नेतागणबीचको प्रतिस्पर्धा र नेतृत्वको कठोर शैलीले संगठनभित्र असन्तोष बढाएको छ। यता माओवादी केन्द्र भने एकपटकको ठुलो उभारपछि निरन्तर क्षीण अवस्थामा पुगेको छ। जनयुद्धका आदर्शलाई व्यवहारिक राजनीतिमा रूपान्तरण गर्न नसक्दा यसको आधारभूत मतदाता तह हराउँदै गएको छ। यसै पृष्ठभूमिमा रुपन्देही उपनिर्वाचन पुराना दलका लागि “जनताको आस्था अझै कायम छ कि छैन” भन्ने प्रश्नको जवाफ दिने मैदान पनि बन्ने छ।

    नयाँ दलहरूको लागि अवसर
    ०७९ को प्रतिनिधी सभा निर्वाचनबाट देशकै नया राजनैतिक शक्तिको रुपमा उदाएको राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो संघीय निर्वाचनमा पाएको परिणामले नयाँ पुस्ता र शहरी मध्यमवर्गीय मतदातामा आफ्नो उल्लेखनिय र लोकप्रिय उपस्थिती जनाएको छ । पुराना दलप्रतिको असन्तुष्टि, स्वच्छ छविका उम्मेदवार र प्रत्यक्ष जनसंपर्कको शैली उसको लोकप्रियताका बलिया आधार बनेका छन्। रुपन्देहीमा हुने उपनिर्वाचनमा पनि रास्वपाले यही “परिवर्तनको विकल्प” भन्ने भावनालाई भुनाउने रणनीति बनाएको छ। स्थानीय युवावर्ग, विद्रोही मतदाता र पुराना दलबाट निराश वर्ग नया राजनैतिक दलहरुको मुख्य लक्ष्य हो।
    यसका अतिरिक्त, स्वतन्त्र उम्मेदवार वा साना दलहरूको सहभागिताले पनि यस निर्वाचनलाई रोचक बनाउन सक्छ। यस्ता उम्मेदवारहरूले ठूलो दलहरूको मत काट्ने सम्भावना हुने भएकाले नतिजामा निर्णायक प्रभाव पार्न सक्छन्।

    जनमत परीक्षणका प्रमुख आयाम
    यो उपनिर्वाचनले जनताले पुराना दल र नयाँ शक्तिबीच कसलाई कस्तो सन्देश दिनेछन् भन्ने कुरा परीक्षण गर्नेछ। जसबाट पुराना दलप्रति मतदाता अझै आस्था राख्छन् कि असन्तुष्ट भएर नयाँ विकल्प खोजीरहेका छन् भन्ने राष्ट्रीय सन्देश प्रवाह हुन सक्छ। नेपाली राजनीतिका पुराना दलसँग अझै बलियो कार्यकर्ता संरचना छ। तर, नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुको राजनैतिक र सांगठनिक क्षमताको पनि यो उपनिर्वाचनले परीक्षण गर्नेछ। जनताले आफ्ना प्रतिनिधी छान्दा स्थानीय विकास, रोजगारी, संरचना जस्ता विषयलाई प्राथमिकता दिनेछन् कि राष्ट्रिय सत्ता समीकरण र नेताको छवि हेर्नेछन् भन्ने रोचक प्रश्नको उत्तर पनि उपनिर्वाचनले दिनेछ।
    रुपन्देही उपनिर्वाचनलाई केवल एक क्षेत्रीय निर्वाचनका रूपमा नजरअन्दाज गर्न सकिने अवस्था छैन । यो नेपाली राजनितिको पुराना दलहरूको विश्वास पुनःस्थापित गर्ने कि नयाँ शक्तिहरूलाई मार्ग खोलिदिने भन्ने मोड पनि हो। नेपाली राजनीति अहिले संक्रमण र अनिश्चितताको दोभानमा छ । यस्तो अवस्थामा रुपन्देही उपनिर्वाचनले जनताले कुन दिशामा आँखा लगाइरहेका छन् भन्ने स्पष्ट संकेत दिनेछ।

    यो निर्वाचन केवल लोकतान्त्रिक अभ्यास मात्र होइन, राजनीतिक दलहरूको “जनमत परीक्षण” पनि हो। पुराना दलहरू आफ्ना कमजोरी सुधारेर जनताको विश्वास जित्न सक्षम हुन्छन् कि नयाँ दलहरूले परिवर्तनको लहरलाई संस्थागत बनाउन सफल हुन्छन् भन्ने प्रश्नको जवाफ रुपन्देहीकै मतपेटिकाबाट आउनेछ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.