• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

नेपाल संवत् पूर्वसन्ध्यामा कांग्रेसको सांस्कृतिक र्‍याली

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

  • ४. राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

  • ५. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ६. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ७. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ८. शथपलगत्तै कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

  • ९. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • १०. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

अन्तराष्ट्रीय स्तरमा ओली, पुटिनद्वारा रस्सा भ्रमणको निम्तो


  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनको क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुस भ्रमणको लागि दिएको निम्तोलाई कूटनीतिक जगतले निकै महत्वका साथ लिएको छ। पुटिनले ओलीलाई दिएको निम्तो सामान्य होइन, बरु “दुर्लभ” अवसरका रूपमा चित्रण गरिएको छ। अन्तर्राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यमा नेपालजस्तो सानो मुलुकका नेताहरूमध्ये पुटिनले औपचारिक रूपमा निम्तो दिनु नै असाधारण घटनाको रूपमा लिइन्छ। यसले नेपाल-रुस सम्बन्धलाई नयाँ उचाइमा पु-याउने संकेत गरेको देखिन्छ।

    Advertisement

    पुटिनले ओलीसँगको भेटमा नेपाल-रुस सम्बन्धलाई ऐतिहासिक मित्रता र विश्वासमा आधारित रहेको बताएको अन्तराष्ट्रीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । उनले दुवै देशबीच कुनै गहिरो समस्या नभएको र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि नेपाल र रुसको अडान प्रायः नजिक रहेको उल्लेख गरे। यस प्रकारको टिप्पणीले नेपाल र रुसबीचको सम्बन्ध केवल औपचारिक कूटनीति मात्र नभई साझा दृष्टिकोण र परस्पर सम्मानमा आधारित रहेको प्रस्ट पार्छ।

    नेपाल-रुस सम्बन्ध
    रुस र नेपालको सम्बन्धको इतिहासलाई हेर्ने हो भने यसको आधारशिला सन् १९५६ मा नै राखिएको थियो। त्यसयता दुवै मुलुकबीच शिक्षा, प्राविधिक सहयोग, पूर्वाधार विकास, सांस्कृतिक आदान–प्रदान, र राजनीतिक समर्थनजस्ता क्षेत्रहरूमा उल्लेखनीय प्रगति भएको छ। नेपालका सयौं विद्यार्थीहरू रुसमा अध्ययन गरेर फर्केका छन्, जसले नेपालको प्राविधिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका छ । त्यस्तै, रुसले नेपाललाई विभिन्न प्राकृतिक स्रोतहरूको उपयोग, ऊर्जा उत्पादन र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।

    अर्को वर्ष अर्थात् सन् २०२६ मा नेपाल–रुस कूटनीतिक सम्बन्धको ७० औं वर्ष पुग्दैछ। पुटिनले यस अवसरलाई विशेष महत्वका साथ लिनुपर्ने बताएका छन्। यस्तो ऐतिहासिक वर्षको सन्दर्भमा ओलीलाई दिएको भ्रमण निम्तोलाई कूटनीतिक मात्र नभई प्रतीकात्मक महत्व पनि रहेको देखिन्छ। ७० वर्षे सम्बन्धलाई नयाँ स्वरूप दिने, रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने, र भविष्यमा नेपाल-रुस सहकार्यलाई प्रस्ट मार्गचित्र दिने अवसरको रूपमा यसलाई हेर्न सकिन्छ।

    भूराजनीतिक दृष्टिले पनि पुटिनको निम्तो महत्वपूर्ण छ । हालको अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा रुस पश्चिमी मुलुकहरूसँग तनावपूर्ण अवस्थामा छ भने चीनसँग घनिष्ठ सम्बन्ध विस्तार गर्दै गएको छ। यस्तो अवस्थामा नेपालले असंलग्न परराष्ट्र नीतिको सन्तुलन कायम राख्दै रुससँग सम्बन्ध सुदृढ गर्नु रणनीतिक हिसाबले पनि फाइदाजनक हुन्छ। रुससँग नजिकिनुले नेपालले ऊर्जा, पूर्वाधार, विज्ञान–प्रविधि तथा पर्यटन क्षेत्रमा नयाँ अवसर पाउन सक्छ।

    प्रधानमन्त्री ओलीका लागि यो निम्तो व्यक्तिगत राजनीतिक सन्दर्भमा पनि विशेष मानिन्छ। उनले नेपाललाई असंलग्न परराष्ट्र नीतिको धरातलमा राख्दै ठूला शक्तिहरूसँग सम्बन्ध सन्तुलन गर्नुपर्ने जिम्मेवारी बोकेका छन्। चीन र भारतसँगको सम्बन्धलाई सन्तुलनमा राख्दै रुससँग मित्रता प्रगाढ बनाउन सक्ने क्षमता देखाउन पाउनु उनको कूटनीतिक उपलब्धि हुनेछ। साथै, यो निम्तोले ओलीको अन्तर्राष्ट्रिय प्रोफाइललाई पनि बलियो बनाउनेछ।

    अन्ततः, पुटिनले दिएको रुस भ्रमणको निम्तोलाई नेपालले आफ्नो दीर्घकालीन रणनीतिक हितसँग जोडेर अघि बढाउन सक्ने हो भने यसले नेपालको परराष्ट्र नीतिमा नयाँ अध्याय खोल्नेछ। ७०औं वार्षिकोत्सवको सन्दर्भमा हुने सम्भावित ओलीको भ्रमण केवल औपचारिकता मात्र नभई भविष्यका सहकार्यका लागि ठोस मार्गचित्र निर्माण गर्ने अवसर हुनेछ। यसैले, यो निम्तोलाई नेपालले गम्भीरता र सूझबूझका साथ सदुपयोग गर्नुपर्ने देखिन्छ।

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव
    प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
    इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग
    विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत
    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

    • ४.
      राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

    • ५.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ६.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    भर्खरै

    • १.
      क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

    • २.
      प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    • ३.
      अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

    • ४.
      इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

    • ५.
      विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

    • ६.
      दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

    • ७.
      परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ८.
      गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.