काठमाडौं । यही वैशाख १० गते हुन लागेको उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार मनोनयन गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो।
बिहीबार उम्मेदवारी फिर्ताको लागि समय दिइएकोमा दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। अब चितवन-२ मा २२ जना मात्र उम्मेदवार हुने भएका हुन । उम्मेदवारी मनोनयनका दिन २४ जनाको उम्मेदवारी परेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनु भएका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । लामिछानेले पनि पुन: उम्मेदवारी दिनु भएको छ ।