अप्सरा धमला,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट तनहुँ क्षेत्र न १ मा उपनिर्वाचनका लागि उमेद्वार बन्नु भएका स्वर्णिम वाग्ले यतिबेला जनताको घर दैलोमा हुनुहुन्छ । उपनिर्वाचनको समय नजिकिदै गर्दा जनतासँग मत माग्नका लागि उहाँ यसरि हिड्नु भएको हो । उहाँलाई जिताएर पठाउनेमा कुनै दुई मत नरहेको जनताहरुले बताएका छन् । यस अघिका चुनावमा थुप्रै नेताले जितेको र चुनाव पछि जनता नचिन्ने अवस्थामा स्वर्णिमले जितेर सहर मा भन्दा गाँउको विकासमा जोड दिन उनिहरुको आग्रह छ । जनताको मर्मलाई बुज्न र मत माग्न हिड्दै गर्दा आफुले जिते पछि उहाँहरुकै सेवामा लाग्ने र जनताकै भावना अनुरुप काम गर्ने वाग्लेले बताउनु भयो ।
तनहुँमा यतिबेला वाग्लेको क्रेज पनि बढ्दो छ । उहाँले तृणमुल तहमै बसेर स्थानिय समस्या सम्बोधनमा पछि नहट्ने र सानदार मतका साथ जनताले जिताउने विश्वास व्यक्त गर्नु भएको छ । यस अघि योजना आयोग नेपालका पूर्व उपाध्यक्ष समेत रहनु भएका वाग्लेले उपनिर्वाचनको मुखैमा नेपाली कांग्रेस परित्याग गरि रास्वपालाई रोज्नु भएको थियो । आगामि वैशाख १० गते हुने उपनिर्वाचनमा वाग्ले सहित नेपाली कांग्रसका तर्फ बाट गोविन्द भट्टराई र एमाले बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा होमिनु भएको छ ।