काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको २ दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनु भएको छ । बुधवार नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरीबी निवारण विभागको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाले सरकारले लगभग पूर्णता पाइसकेको र अबको २ दिन भित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने बताउनु भयो । उहाँले अब सरकारको ध्यान पूर्णरूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करीब–करीब पूर्णता पाएको छ । आजभोलि शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउने गरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महसूस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’