काठमाडौँ । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको ४५ वर्षीया चन्चलकली हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको छ । काटिएको सूँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको छ ।
हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले बताउनु भयो । हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको उहाँको भनाइ छ । हात्तीको सूँड काट्नेको खोजी र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।