काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्किन मिटरब्याज पीडितलाई आग्रह गरेको छ । गत शनिबार मिटरब्याज पीडितको एक समूहसँग ५ बुँदे सम्झौता भएको दुई दिनपछि नै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं आएर आन्दोलन गरिरहेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।