काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीश अनिल सिन्हाले यसअघि रविको नागरिकतासम्बन्धी मुद्दाको फैसलामा आफूले राय दिइसकेकाले हेर्न नमिल्ने निर्णय गरेको स्रोतले बताएको छ ।
राहदानी दुरुपयोगसम्बन्धी अभियोगमा रविविरुद्ध मुद्दा नचलाउने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय खारेजीको मागसहित अधिवक्ता युवराज सफलले सोमवार सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।उक्त रिट न्यायाधीश सिन्हाको इजलासमा पेशी चढेको थियो । यसअघि मुद्दाको प्रारम्भिक सुनुवाइमा बहसको अनुमति माग्दै लामिछानेका वकिलहरूले इजलाससमक्ष निवेदन दिनु भएको थियो ।