काठमाडौं। यदि तपाईं ट्विटर प्रयोगकर्ता हो भने केही परिवर्तन पक्कै देख्नुभएको होला। ट्विटरको लोगोमा निलो चरा हुने ठाउँमा कुकुरको लोगो आएको छ । ट्विटर इंकको लोगो फेरिएको अनुमान गरिएको छ। अब प्रयोगकर्ताहरूले ट्विटर लगइन गर्दा निलो चरोको सट्टा कुकुर देख्न थालेका छन्। ट्विटरले सोमबार देखी आफ्नो लोगो परिवर्तन गरेको हो। ट्विटरको लोगोमा निलो चरा थियो। तर अहिले यसको ठाउँमा कुकुर देख्न सकिन्छ। ट्विटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सोमबार एक मिम ट्विट गर्दै लोगो परिवर्तन गरेको बारे जानकारी दिनु भएको छ ।
कम्पनीले आधिकारिक रुपमा नै कम्पनीको लोगो परिवर्तन गरेको हो वा डजक्वाइनको प्रचार गर्न यस्तो गरिएको हो भन्ने विषयमा केही जानकारी बाहिर आएको छैन। यद्यपि सीईओ मस्कले भने एकजना व्यक्तिसँगको पुरानो कुराकानीको स्क्रिनसट सेयर गर्नु भएको छ । ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ। डजक्वाइनको लोगो भने ट्विटरको वेबसाइटमा मात्र देखिन्छ।