काठमाडौँ । । विवेकशील साझा पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ । विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।
पार्टीको जारी विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्दछ,’
गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन हुँदै छ ।