काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ । तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपनिर्वाचनमा लड्न उहाँले मनोनयन दर्ता गराउनु भएको हो । प्रस्तावकमा विश्वनाथ वास्तोला हुनुहुन्छ भने समर्थकमा रूपक विक घिमिरे रहनु भएको छ। वाग्लेको उम्मेदवारी दर्ता गर्न रास्वपाका केन्द्रिय सभापति रवि लामिछाने पनि सोमबार तनहुँ जानु भएको थियो ।
त्यस्ते बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी कै तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गर्नु भएको छ । उम्मेदवारी पछि सञ्चारकर्मीसँग बोल्दै उहाँले भन्नु भयो ,‘मधेसका नागरिकले राम्ररी शिक्षा पाएका छैनन्, म आफै सुरक्षा क्षेत्रमै अहोरात्र खटेर सम्पुर्ण योग्यता लिएको हिसावले बारा २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु’, उहाँले आफुले जिते देशभरी यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।