काठमाडौँ । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बन्नु भएका अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई बिपी कोइरालासँग तुलना गर्न मिल्ने बताउनु भएको छ । चितवनमा आइतबार भएको एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वाग्लेले यस्तो बताउनु भएको हो ।त्यो बेला विपी कोइरालामा जस्तो हुटहुटी थियो अहिले रास्वपा सभापति लामिछानेसँग पनि त्यस्तै हुटहुटी रहेको बताउनु भएको छ।
‘०१५ सालको भिजन भएको, ऊर्जा भएको, आदर्श भएको यो देशलाई एउटा निश्चित समयसीमाभित्र यहाँ पुर्याउँछु भन्ने बिपीको हुटहुटीलाई तुलना गर्न मिल्छ,’ वाग्लेले भन्नु भयो, ‘त्यो भिजन, त्यो महत्वकांक्षा देशलाई यहाँ पुर्याउनपर्छ भन्ने मिसनमा तुलना गर्न मिल्छ।’ तनहुँ १ मा उपनिर्वाचनमा लड्न वाग्लेले केही दिनअघि कांग्रेस परित्याग गर्नु भएको थियो । वैशाख १० मा हुने उपनिर्वाचनका लागि उहाँलाई रास्वपाले तनहुँ १ मा उम्मेदवार बनाएको छ ।