काठमाडौं– मिटरब्याजविरुद्धको सघंर्ष समितिको झन्डामुनि गोलबद्ध भएर २ चैत महोत्तरीबाट पैदल यात्रा थालेका मिटरब्याज पीडितहरु गत १२ चैतमा काठमाडौं आएका थिए। उनीहरु काठमाडौं आउनुको मूल कारण केन्द्र सरकारलाई खबरदारी गर्नु थियो । १२ चैतमा काठमाडौं टेकेका उनीहरुलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितको साथमा रहेको बताउनु भयो । तर सोमबार आज प्रहरीले राउतकै पार्टीका केन्द्रीय सदस्य मिटरब्याजी साहू सुरेन्द्र महतोलाई सप्तरीको राजविराजबाट पक्राउ गरेको छ।
सर्वसाधारणलाई मिटरब्याजबाट घरबारविहीन बनाएको आरोपमा प्रहरीले महतोलाई पक्राउ गरेको हो। डेरी व्यवसायीसमेत रहनु भएका महतोमाथि ठगी मुद्दा चलिरहेका बेला पक्राउ गरिएको सप्तरीका डीएसपी नरेशकुमार सिंहले बताउनु भयो ।