काठमाडौं । मिटरब्याज पीडितहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को नयाँ टोली काठमाडौं आईपुगेको छ ।मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आईपुगेको हो ।
उनिहरुले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न मागहरु राखेका छन् ।यो टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति रहेको छ । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका उनीहरु अहिले हिँडेर माइतीघरतर्फ जाँदैछन् ।