काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता र राहदानी विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको बताउनु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ मा मनोनयन दर्ता गर्दै लामिछानेले न्यायिक प्रक्रियाबाट सबै विवाद टुंगो लागिसकेका कारण समस्या नआउने बताउनु भएको हो ।
उहाँ विरूद्ध युवराज सफलले सर्वोच्चमा दायर गरेको रिट निवेदनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा आफूले सन् २०१८ मा नै अमेरिकी नागरिकता त्यागिसकेको र त्यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा पनि उल्लेख रहेको बताउँदै समस्या नआउने बताउनु भएको हो ।उहाँले भन्नु भयो “मलाई दुखै दिने खतमै पार्ने भनेर भएभरका सारा शक्ति लागे भने त के लाग्यो। न मेरो कुनै पावर छ न पहुँच छ न म मुद्दा प्रभावित पार्न सक्छु । म सँग केही छ ति जनता हुन । सबै भन्दा शक्तिशालि भनेको सनर्वभौम जनता हुन् ।, ”