काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा गाडी, स्कुटर र मोटरसाइकल जलेको छ। आज बिहान साँढे ४ बजेर ४० मिनेटमा भएको आगलागी प्रहरी लगायतले ५ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी सिद्धीविक्रम शाहले महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका गाडीलगायत सवारी साधनहरु आगलागीबाट क्षति पुगेको बताउनु भयो ।
बिजुली सर्ट भई तेलमा परेपछि आगलागी भएको हुन सक्ने प्रहरीकले अनुमान गरेको छ। ‘६ वटा गाडी ३ मोटरसाइकल, २ स्कुटर, एउटा मारूती भ्यान जलेर नष्ट भएका छन् । । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।