काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले महाकाली, कालापानी, लिपुलेकको बारेमा संसदमा कोही बोल्न नसकेको भन्दै प्रश्न गर्नु भएको छ। आइतबार आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यस्तो भन्नु भएको हो ।उहाँले भन्नु भयो ‘महाकाली, कालापानी, लिपुलेकको बारेमा कसैले किन आजसम्म एक शब्द बोल्न सकिरहेको छैन ? के डर लाग्छ ? सत्ता जानसक्छ भन्ने डरले बोल्न नसकेको हो कि ?’
उहाँले ठूला दलले मिसन महाकाली, मिसन किसानले मल नपाएको विषय उठाउन नसकेको बताउनु भयो । उहाँले दलहरुले मिसन महाकाली सुरु नगरेको तथा किसानले मल नपाएको विषयमा नेपालका किसानहरुलाई खाडी मुलुक जा भन्न खोजिरहेको त हैन सरकारले ? भन्ने प्रश्न गर्नु भएको छ । ठूला पार्टीले मिसन ग्रास रुट, मिसन माउन्ट एभरेष्ट सुरु गरेको तर किसानले मल नपाएको विषयमा कोही नबोलेको भन्दै गुनासो समेत व्यक्त गर्नु भएको छ ।
लिपुलेकको बारेमा संसदमा कोही बोल्न सक्दैन : सांसद सिंह
लिपुलेकको बारेमा संसदमा कोही बोल्न सक्दैन : सांसद सिंह

तपाईको प्रतिक्रिया