• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

रास्वपा र कांग्रेसको ठेलठाल,खतिवडा र अर्यालबीच आरोप–प्रत्यारोप


  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
  • काठमाडौं। भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप र चर्काचर्की भएको छ।

    Advertisement

    आइतबारको बैठकमा रास्वपा सांसद डीपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच भीषण खण्डन–मण्डन भएको हो। आइतबार संसद सुरु भएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अर्याललाई बोल्न समय दिएका थिए। सांसद अर्यालले यसअघिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले झूटो आरोप लगाएको भन्दै घोर आपत्ति जनाए। सुमिरे टुर्स एन्ड ट्राभल्स आफ्नो कम्पनी भएको भन्दै अर्यालले एकजना मान्छे भिजिट भिसामा बाहिर गएर नफर्किएको प्रमाण दिन चुनौती दिए।

    रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए। उनले “सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो?” भन्दै प्रश्न उठाए। उनले भने— “विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने, सांसद किनेर पार्टीमा प्रवेश गर्ने र भिजिट भिसामा बदमासी गर्ने काम भएको छ।” यसबारे निष्पक्ष छानबिन भई कारबाहीको दायरामा आउनुपर्ने माग खतिवडाले राखे।

    खतिवडाले उक्त आरोप लगाएपछि आगो बनेका रास्वपाका डिपी अर्याल आज जवाफ दिँदै संसदमा गर्जिए। आइतबार खतिवडालाई जवाफ दिँदै अर्यालले “सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो” भनेर छाती पिटे। उनले आफू नेपालमै केही गरेर खाने मान्छे भएको, चोरेर खाने होइन भनेर प्रष्ट पारे। अर्यालले यसरी “चोरेर खाने मान्छे होइन” भन्नुको मतलब कांग्रेसलाई “चोर” भन्नु हो भन्ने अड्कल गर्न जो–कोहीले गर्न सक्थे ।

    यति मात्र हैन,अर्यालले आफ्नो कम्पनिबाट भिजिट भिसामा गएकाहरू नेपाल नफर्किएको कुनै उदाहरण नरहेको स्पष्टिकरण दिए। उनले सिधै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको विषय संसदमा ३२ दिनदेखि उठाइरहेको र सो विषयलाई विषयान्तरण गर्न अनावश्यक लाञ्छना लगाउने काम गरिएको आरोप लगाए। विषयान्तरण गराउने प्रयास अन्तर्गत निराधार आरोप लगाउने कार्य स्वीकार्य हुन नसक्ने भन्दै उनले चेतावनी पनि दिए।

    उनले भिजिट भिसा प्रकरणमा रास्वपाको आन्दोलन जारी रहने भन्दै चुनौती पनि दिए। यसको बचाउ गर्दै रामहरि खतिवडाले “चोरको खुट्टा काटा भने चोर तर्सियो” भन्दै रास्वपालाई आरोप लगाए । उनले आफूले कसैको नाम नतोकेको स्पष्ट पार्दै रास्वपा आगो हुनुपर्ने कारण नरहेको समेत उल्लेख गरे।

    अन्तत: के अर्यालले सुमिरे टुर एन्ड ट्राभल्समार्फत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ रकम लुट्दै आएका हुन्? साँच्चै कांग्रेस डराएर भिजिट भिसा प्रकरणलाई बिषयान्तर गर्न खोजेको हो? किन यसरी संसदमा कांग्रेस र रास्वपाबीच “तँ चोर – तँ चोर” को भाष्य सिर्जना भयो ?? यसरी आरोप–प्रत्यारोप,खण्डन–मण्डनका बीच रास्वपालाई अर्को चुनौती थपिएको छ ।

    आइतबार, असार १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.